अहिले हामी जीरो स्टेजबाट नेपालको पहिलो र एक मात्र नेपाल पुर्नविमा कम्पनीलाई अगाडि बढाउँदै छौंं । रमेश लम्साल सिइओ नेपाल पुर्नवीमा कम्पनी लि.

तनहुको किहु गाविसमा जन्मी नेपालगन्जबाट आफ्नो उच्चशिक्षा पुरा गरी२०५१ सालबाट विमा क्षेत्रमा प्रवेश गर्नुभएका रमेश लम्साल हाल नेपाल पुर्नवीमा कम्पनीमा सीईओको रुपमा कार्यरत हुनुहुन्छ । उहाँसग हाम्रो टोलीले गरेको कुराकानीको अंश यस प्रकार छ ।
तपाई बैंक र बीमा क्षेत्रमा प्रवेश गर्नु भएको कति भयो ?
मेरो बीमा क्षेत्रमा प्रवेश भएको २०५१ सालतिर हो । बीमा भन्दा पहिले नेपाल बैंकमा कार्यरत थिँए । पहिले बैंकमा २०४३ सालतिर जागिर पाँचौ तह सुब्बा सरहबाट सुरु गरे । पछि बढुवा हुने बेलामा त्यहाँ छाडेर बीमा क्षेत्रमा प्रवेश गरे । तात्कालिन समयको नेपाल लाइफ जनरल इन्सुरेन्समा मार्केटिङ् विभागको प्रमुख भएर कार्यरत भए । मैले यहाँ २०५१ देखि २०६५ सम्म काम गरे । त्यसपछि यहाँबाट सकेर तिनकुने स्थित गुराँस लाइफ इन्सुरेन्समा कार्यकारी प्रमुख भएर २ वर्ष काम गरे ।
नेपालमा पुर्नविमाको कानुन कस्तो छ ?
नेपालमा पुर्नविमाको कानुन भइसकेको अवस्था छैन । अब यसलाई जीरोबाट सुरु गर्ने कम्पनीको स्थापना भएको छ । कस्तो कस्तो कुराहरुको आवश्यक पर्छ त्यस्तै बनाउँदै जानुपर्छ । यसको रेगुलेटर वीमा समिति नै हो । यसको निर्दैशिका वीमा समितिले बनाउँदै छ । हाम्रो संस्थान दर्ता भइसकेको छ र हामीले वीमा समितिबाट लाइसेन्स प्राप्त गरिसकेका छौ ।
अहिले पुर्नवीमाको सेयर पूँजी कति छ ?
अहिलेको लागि हाम्रो सेयर पूँजी करिब ५ अर्ब अधिकृत पूँजी , ३ अर्ब जारी पूँजी र चुक्ता पूँजी चाहि २ अर्ब १० करोड छ ।
अहिलेसम्म सेयर सदस्यहरु कति छन् ?
पहिले आकसमिक वीमा कोष हुँदा ५५ प्रतिशत प्राइभेट कम्पनीहरुको र ४५ प्रतिशत ने्पाल सरकारको थियो र अहिले सबैलाई समेट्नु गरेको हुनाले ४३ प्रतिशत नेपाल सरकारको , ३९ प्रतिशत ननलाइफ कम्पनीहरुको र १८ प्रतिशत लाइफ इन्सुरेन्स कम्पनीहरुको रहेको कानुनी व्यवस्था छ । हाम्रो कम्पनीमा सेयर नभएका कम्पनीहरुले पनि रि इन्सुरेन्स गर्न पाँउछन् । हामी विदेशी कम्पनीह्रुलाई पनि समेट्न खोज्दै छौं । अहिले १७ वटा ननलाइफ कम्पनीहरु छन् र ९ वटा लाइफ कम्पनीहरु आउने प्रक्रियामा छन् । यस कम्पनीमा जम्मा सात जना बोर्ड मेंम्बरहरु रहने व्यवस्था रहेको छ । अध्यक्ष चाहि अर्थ मन्त्रालयको सहसचिव शोभाकान्त पौडेलज्यु हुनुहुन्छ । हामी अब साधारण सभा चाहि तीन महिना देखि एक वर्ष भित्र गर्ने तयारीमा छौं ।
यस संस्थानको मुख्य चुनौतीहरु के के हुन् ?
अहिले हामी जीरो स्टेजबाट नेपालको पहिलो र एक मात्र नेपाल पुर्नविमा कम्पनीलाई अगाडि बढाउँदै छौंं । हामी अहिले पूर्वाधार , नीति नियमहरु बनाउँदै छौं । आगामी २०७२ सालको वैशाखदेखि हामी विजनेस खोज्न लाग्दैछौं । यसले गर्नुपर्ने कार्यहरु धेरै छन् । नेपालकै ठूलो कम्पनी हो पूर्नवीमा कम्पनी । यसको निर्दैशिका वीमा समितिले बनाउँदैछ ।
नेपालमा रि इन्सुरेन्सको लागि प्रिमियम छुटाउने प्रावधान रहेको छ ?
प्रिमियमको केही भाग रि इन्सुरेन्सको लागि छुटयाइन्छ र कति भन्ने कुरामा निर्दैशिका बन्दैछ । रिस्क कभर गरेवापत केही नै बढी भाग रि इन्सुरेन्समा हुन्छ । रजिष्ट्रर कार्यालय उपत्यका भित्रनै हुने प्रावधान रहेको छ ।
तपाईहरुको संस्था सुरु भइसक्यो तर ठोस नीति नियमहरु बनेको छैन यसले केही असर गर्ला त् ?
यो आर्थिक वर्षको विजनेस अन्त गइसकेको छ । अब हामीले विजनेस गर्ने भनेको २०७२ सालको साउन १ गते देखि हो । हामी तयारी गर्दैछौं । हामी विजनेस गर्ने कार्यहरुको अध्ययनमा व्यस्त छौ । अहिलेसम्म हामीले सकारात्मक प्रतिक्रिया पाइरहेका छौं र हामीलाई १७ वटा ननलाइफ र ९ वटा लाइफ इन्सुरेन्स र नेपाल सरकारको पनि पूर्ण सहयोग छ त्यसैले असर नहोला ।

ShareShare on Google+0Tweet about this on Twitter0Share on Facebook0
Recommend to friends
  • gplus
  • pinterest

Comments

  1. Jamatrosse
    November 18, 2016 at 11:46 am

    Zithromax 500 Online Pyridium Mail Order Glendale Invega viagra Viagra Moins Cher Kamagra Oral Jelly China Alternative Viagra Products

  2. LesIncalf
    September 22, 2019 at 7:42 pm

    Cialis Es Para Mujeres Cialis Dosaggio Consigliato cialis o viagra mejor Acyclovir Without Insurance Bacteria Treated By Keflex Priligy Testimonios

  3. buy cialis
    October 26, 2019 at 4:42 pm

    Fine way of explaining, and nice piece of writing to take
    data about my presentation focus, which i am going to convey in school.

Leave a comment