इमानदारीता, जबाफदेहिता र पारदर्शिता खडेरीमा परेको बेला सकारात्मक सोचको साथ बिकास र समृद्धिको लागि स्पष्ट मार्गचित्र कोरेर ब्यबस्था परिवर्तनको लागि योगदान दिने योद्धा र नेतृत्वलाई सम्मान गर्दै, भौगोलिक एकीकरण युग र लोकतान्त्रिककरणको युगको उपलब्धिको जगमा टेकेर,जनताको अबस्था परिवर्तन(बिकास र समृद्धि)को लागी शासकीय स्वरुपलाई प्रत्येक्ष निर्वाचित कार्यकारी प्रणाली मुख्य एजेन्डा बनाउने उनै प्रचण्ड/बाबुरामले नै हुन, अहिले कता छ्न कुन्नी ?यदि प्रत्येक्ष निर्वाचित कार्यकारी प्रणाली लागु भए, समृद्धि हाम्रै पालामा प्राप्त हुनेछ। सामन्तवादी प्रणालीको अन्त्य गर्दै निर्वाहमुखी कृषि अर्थतन्त्र भन्दा माथी उठेर पुजिवाद,समाजवाद हुदै साम्यवाद सम्मको लक्ष्यमा पुग्न बिकास र समृद्धिको लागि राज्यको उपरीसंरचनाबाट नितिगत हस्तक्षेप गर्नै पर्छ, #हस्तक्षेपको अर्थ नकारात्मक नजाओस्, #संविधानको परिपालना गर्दै लोकतान्त्रिक बिधि,संबंत तरिकाले शासकीय स्वरुप,प्रत्यक्ष निर्वाचित कार्यकारी (राष्ट्रपती/ प्रधानमन्त्री) र अर्थशास्त्र, समाजशास्त्र बिज्ञानशास्त्र पुर्वाधार तथा बाताबरण जलबायु सम्बन्धिको बिग्य ब्यक्तिहरुको मन्त्रीमण्डल र न्यायलयलाई उन्नत र लोकतान्त्रिक बनाउन इन्द्रधनुषी राष्ट्रियता भित्रको ३ कलस्टर खस-आर्य, आदिवासी जनजाती, र मधेसी थारू सहितको समावेशी समानुपातिक प्रतिनिधित्व हुनेगरी ब्यबस्थापिका संसद पुर्ण समानुपातिक प्रतिनिधित्व,अहिलेको नेपालको परिवेशको एक मात्रै विकल्प हुन सक्छ।

अहिलेको संसदिय ब्यबस्थाले स्थायित्व देला तर समृद्धि प्राप्त हुने कार्यदिशामा छैन,प्रणालीमा नै त्रुटि भएपछि स्थायित्वले मात्र पुग्दैन त्यसमा निति, भिजन आवश्यक पक्कै पर्नेछ, संसारमा विकसित मुलुकहरु पहिलो बिश्व भनिएको देशहरुले राजतन्त्रीय ब्यबस्था पुरानो प्रथा हो,अबैज्ञानिक हो भनेर १७औ १८औ सताब्दिमा अन्त्य गरि जनतालाइ अधिकार सम्पन्न बनाइ समृद्धको बाटो चाडै लिए र अहिले सम्पन्न बने, आज हामी २१ औ सताब्दिमा बल्ल अबैज्ञानिक राजतन्त्रको ब्यबस्था फ्याकेका छौ, अझै समृद्धिको यात्रा तय गर्न कति दिन पर्खने? अहिलेको स्थिति भनेको,मान्छे पुरानो,पार्टी पुरानो व्यबहार उहीँ पुरानो नीति पुरानो कार्यक्रम पुरानो उहीँ भ्रष्ट चेताना सिद्धान्त पुरानो चिन्तन,प्रवृत्ति पुरानो,निरन्तरतामा प्रगती,अन्तिममा गएर भ्रष्टाचार भन्दा केही गर्ने वाला छैन,पुराना नीति सिद्धान्तहरू बीच हजारपटक छान्दा पनि आखिर पुरानै त छानिन्छ !

वैकल्पिक राजनीतिका सम्भावनाहरू धेरै देखिएकाछ्न।त्यसैले नेपाली राजनीतिमा विकल्प सम्भव छ,बाटो उज्यालो छ। नयाँ, ताजा र सुसंस्कृत विकल्पका लागि बहस गरौं अब समृद्धि नेपाल निर्माणको लागि कार्यपालिका शासकीय स्वरुप परिवर्तन अपरिहार्य देखिन्छ! मुख्यत दक्षिण एसियायी बिश्वको जनसंख्याको करिब २०%र यहि २०%भित्रको हामी नेपाली र हाम्रो उपरी संरचनामा भएका ब्यक्तिहरुको सकारात्मक दृष्टिकोणको अभावले गर्दा आज हामीलाइ सामान्य निर्वाहको लागि सरकारी तथ्यांक अनुसार ६२ लाख युवा जनशक्ति देश छोड्न बाध्य पारिएको छ । देशको उपरीसंरचनामा रहने ब्यक्तिहरुमा नै स्पष्ट दृष्टिकोण अभावले आजको चौथो औद्योगिककरणको बिश्व भन्दा २ सय बर्ष पछाडी छौ।

महान विद्वान राजनीति शास्त्रीहरुले भन्दै आएका छन, गणितमा हिसाब गरेर दुइतिहाइ भन्दैमा समृद्धि आउदैन, स्पस्ट राजनीतिक कार्यदिशा,बैचारिक सिद्धान्त अहिलेको युग र नेपालको परिवेश सुहाउँदो प्रणाली आवश्यक छ, अहिले कै दुइतिहाइ नजीकको सरकारको गुण र दोषको आधारमा लेखा जोखा गर्ने हो भने ६०% भन्दा माथी विवादास्पद निणय छन, मन्त्रीमण्डलमा अनुभव भन्दा पनि विज्ञताको अभाव देखिन्छ। हाम्रै छिमेको चिनमा विज्ञताको हैसियतको मन्त्री मण्डल उदाहरणिय छन, ए प्रचण्ड/ बाबुराम !हिजोको जनयुद्ध र जनआन्दोलनको औचित्य यहि संसदिय ब्यबस्थालाई निरंतरता दिनु पक्कै थिएन, जनतालाइ अधिकार सप्पन्न बनाउने र जनताको प्रत्येक्ष-लोकतान्त्रिक सहभागीतामा बिकास र समृद्धि हासिल गर्ने नै थियो, तर दलिय भागबण्डाले यस्ता ब्यबस्था संविधानमा अटाउन सकेन,संविधान लेखनको क्रममा शासकीय स्वरुप, र निर्वाचन प्रणालीको मुद्दामा ८०% जनताले हस्ताक्षर गर्दा किन आज संविधानमा अपुण रहन गयो जुन अत्यन्तै दुर्भाग्य हो।

अन्त्यमा!! बिग्यहरुका अनुसार प्राकृतिक साधन स्रोत र मानवीय जनशक्तिको हिसाबले नेपाल बिश्वको ८ औ धनी देश हुने हैसियत राख्छ।गौरवमय सम्पदा, मूल्यवान स्रोत र इमानदार जनता साथ हुँदाहुँदै देश सफल बनेन, हाम्रो राजनीति पार्टीको नेतृत्व , शासकीय क्षमता र शासन प्रणालीमा खोट पक्कै छ।राजनीतिमा जब असंगतिहरू देखा पर्छन्, सायद जनताका दुर्भाग्यहरू त्यहींबाट सुरु हुन्छन् । यसर्थ नै राजनीतिक सत् प्रतिशत रुपान्तरण सहितको पुनर्गठन, स्पष्ट भिजन सहितको विकल्प आजको आवश्यकता हो ! दलिय भागबन्डाले देशलाई समृद्धि होइन असमृद्धि बनाउने भयो, राजनीति दलले आफ्नो कार्यकर्ता मात्र हेर्ने अनि देश के होला? राजनीतिक पार्टी र पार्टीका कार्यकर्ताहरुलाई परिवर्तन गराउन एजेन्डामा नयाँ पन दिनै पर्छ। सय बर्ष पुरानो राजनितिक नीति,नियम र एजेन्डा अहिलेको समयमा पालना गरेर समृद्धिको के आश गर्नु “साच्चै भन्नू पर्दा इमानदार नेतृत्व सत्तामा पुग्दा सायद भ्रस्टाचार शुन्य नै हुनेछ।स्पष्ट दृष्टिकोण भएको डा:बाबुराम भट्टराई र उच्च नेतृत्वदायी क्षमता भएका प्रचण्ड जस्ता देशको होनहार ब्यक्तिहरुले अब सोच्ने बेला आएको छ,समय कसैको पेवा हुदै होइन, समृद्ध मुलुकको संम्बाहक भनेकै तपाईंहरु नै हो।उच्च मनोबलको साथमा अगाडि बढ्नुहोस अपारदर्शी राजनीति खोल ओढेर राज्यसत्ताको दोहन गर्नेहरुलाई पाखा लगाउनुपर्छ, छ्लाङ्ग मार्नै पर्छ।

ShareShare on Google+0Tweet about this on Twitter0Share on Facebook0
Recommend to friends
  • gplus
  • pinterest

Comments

Leave a comment