कर्मचारी बाहेक अरुले फाइल बोक्ने कार्य अन्त्य गर्छु

नेपालको एकमात्र व्यावसायिक प्राली तथा लिमिटेड फर्महरुलाई दर्ता गर्ने निकायको रुपमा रहेको उद्योग मन्त्रालय मातहतको कम्पनी कार्यलय बिचौलिया तथा भ्रष्टचारी तथा दलालहरुका अखडा दिन प्रति दिन बन्दै गईरहेको छ । त्यहाँ कार्यरत केही कर्मचारीहरु सेवागा्रहीसँग घुस लिएकाले समेत निलम्बनमा परेका छन् । साथसाथै बिचौलीया तथा कम्पनीको वारेस बनेर आउने दलालहरुको व्यावहरले रजीष्ट्रार गर्दा पिडित पनि भएका छन् । र्भखरै मात्र उक्त कार्यालयमा सरुवा भएर आउनु भएका रजीष्ट्रार प्रेम कुमार श्रेष्ठले केही सुधारका कार्यहरु गर्न थाल्नु भएको कुरा समेत जानकारी हुन आएको छ ।
हाम्रो टोलीले उहाँसँग कुराकानी गर्दा आफुले सुधारका कार्य तथा सेवाग्राहीलाई सहज तरीकाले सेवा सुविधा प्रदान गर्ने कार्यमा तिव्र प्रगती गर्दै जाने कुरा समेत उहाँले बताउन ुभयो । हामीले हेर्दा पहिले भन्दा सेवाग्राहीको कार्य सम्पादन सहज ढंगले भएको पायौं तर यो कार्य सेवाग्राहीको उपस्थित कम भएर हो या कर्मचारी व्यवहार परिवर्तन भएर हो यो कुरा भोलिका दिनमा देख्न सकिन्छ । रजीष्ट्रार श्रेष्ठका अनुसार आफु आएपछि यहाँ धेरै परिवर्तन भएको छ । उहाँले सेवाग्राहीलाई कुनै कर्मचारीबाट नियम संगतकार्यमा कुनै समस्या भएमा आफुलाई आएर जानकारी गराए आवश्यक काम कारवाही अगाडि बढाउने कुरा समेत जानकारी गराउनु भयो । साथसाथै उहाँले हामीले यहाँको सरकारी मिसील कर्मचारी बाहेक अन्यले बोकेर हिड्ने गरेको कुरा राखदा यस्तो कार्यको अन्त्य गर्न कर्मचारी बाहेक अरुले कार्यलयको फाईल बोकेर हिड्ने प्रकृयनको अन्त्य गर्ने प्रतिज्ञा समेत गर्नुभयो ।

ShareShare on Google+0Tweet about this on Twitter0Share on Facebook0
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment