डा. सतिशले स्वास्थ्य बीमा बोर्ड सदस्य पदबाट दिए राजिनामा

स्वास्थ्य बीमा बोर्ड सदस्य डा. सतिशकुमार देवले आफ्नो स्वास्थ्य र व्यक्तिगत कारण देखाई पदबाट राजिनामा दिएका छन् । उनले इमेल मार्फत आफ्नो राजिनामा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसमक्ष पठाइसकेका छन् ।

गत विहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको बीमा बोर्डको अनौपचारिक बैठकमा डा. सतिशको स्वास्थ्य सचिव खगराज विवाद भएको थियो । उनले बैठकका क्रममा सचिव बरालले आफू माथि व्यक्तिगत गालिगलोच गरेको र आम चिकित्सक माथि नै दुव्र्यहार हुने गरी प्रस्तुत भएको भन्दै मन्त्री ढकाल तथा नेपाल चिकित्सक संघ सहित विभिन्न पेशागत संस्थाहरुमा न्याय चाहियो भन्दै निवेदन दिएका थिए ।

महाराजगञ्ज मेडिकल कलेजको फार्माकोलोजी विभागका प्रमुख समेत रहेका डा सतिशलाई सरकारले २० मंसिर २०७५ मा बीमा बोर्डको सदस्यमा नियुक्त गरेको थियो ।

ShareShare on Google+0Tweet about this on Twitter0Share on Facebook0
Recommend to friends
  • gplus
  • pinterest

Comments

Leave a comment