दलगत सहमतीमा भारतको साथ ःमोदी ।

भारतीय प्रधानमन्त्रि नरेन्द्रमोदीले नेपालमा शान्ति प्रक्रिया र संविधान लेखनको काम निष्कर्षमा पुगेकोमा खुसी व्यक्त गर्दै संविधान जारी गर्ने प्रक्रियामा राजनितीक दलबीच रहने सबै प्रकारका समझदारीमा भारतको समर्थन रहने बताएका छन् । नेपालका दलहरु बीचको पछिल्लो राजनितीक समझदारी तर्फ संकेत गर्दै भारतीय प्रधानमन्त्रि मोदीले दलगत सहमती सकारात्मक रहेको र सबै पक्षलाई समेटेर संविधान आउनु उपय्ृक्त हुने धारणा राखेका छन् । प्ृर्व प्रधानमन्त्रि एवम् एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग ७ रेसकोर्सस्थित निवासमा शुक्रबार अपराह्न भएको कुराकानीमा मोदीले नेपालको शान्ति र स्थिरतामा भारतको सद्भाव र सहयोग सदैव रहेको बताएका थिए । नेपालमा जारी शान्ति प्रक्रिया देखि संविधान लेखनसम्म तपाईको नेतृत्वले अहं भ्ृमिका निर्वाह गरिरहेको विदितै छ । प्रधानमन्त्रिमोदीले पुर्वप्रधानमन्त्रि दाहालतर्फ संकेत गर्दै भने शान्ति प्रक्रियालाई निश्कर्षमा पु्याउने तपाईको कदममा भारतको साथ र सहयोग रहनेछ । वार्तामा सहभागी एमाओवादीका नेता अर्जुन पाठककाअन्ृसार एमाओवादी अध्यक्ष दाहालले नेपालको शान्ति प्रक्रियाको निष्कर्ष घडीमा भारतको थप साथ र सहयोग आवश्यक रहेको बताउदै आफु दिल्ली आएको बताए । दाहालले नेपालमा भः्ृकम्पआए लगतै भारतले देखाएको राहत तथा उद्धारता तर्फ देखाएको तत्परता र दाता सम्मेलनमा गरिएको सहयोग प्रति भारत सरकारको सराहना गरेका थिए । ४० मिनेटको लामो कुराकानीमा दाहालकी पत्नी सिता, सहयोगि विश्व खकुरेल र अजर््ृन पाठक सहभागि थिए ।कान्तिपुर दैनिकबाट

ShareShare on Google+0Tweet about this on Twitter0Share on Facebook0
Recommend to friends
  • gplus
  • pinterest

Comments

  1. Stevmole
    January 18, 2020 at 12:59 pm

    Amoxicillin Clavulanic Acid Cialis Viagra Y Cialis Contrareembolso

Leave a comment