नेपालद्धारा १०६ रनको लक्ष ।

२ साउन, काठमाडौं । टी(२० विश्वकप छनोट क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले जर्सीसामू १०६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ट्वान्टी(२० विश्वकप छनोट प्रतियोगितामा आज नेपाल र जर्सीबीच प्रतिस्पर्धा हुँदै छ।
नेपालको विश्वकपमा छनोट हुने सम्भावना रहेको अवस्थामा नेपालले आज प्रतिष्ठाका लागि खेल्ने छ।
आजको खेल जिते पनि हङकङ अथवा नामिबियाले दुवै खेल भारी अन्तरमा हारे मात्र नेपालले प्ले अफ खेल्न पाउने छ। खेल नेपाली समय अनुसार दिउँसो २स्४५मा सुरु हुनेछ। आजको खेल स्टारस्पोर्टस(४ मार्फत प्रत्यक्ष प्रशारण हुनेछ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १०५ रन बनायो । नेपालको ब्याटिङ फेरि एक पटक असफल रहृयो । सातौं नम्बरमा ब्याटिङ गरेका डेब्यू ब्वाइ सिद्धान्त लोहनीले आक्रामक पारी खेल्दै नेपालको स्कोर एक सय कटाए ।
उनले १६ बलमा दुई छक्का र दुई चौकासहित २७ रन बनाए । ज्ञानेन्द्र मल्लले २६ रन बनाए भने शरद भेसवाकर १६ र पारस खड्का ११ रनमा आउट भए ,। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
प्रदिप ऐरी २, विनोद भण्डारी ३, राजेश पुलामी ४ र बसन्त रेग्मी रनमा आउट भए । सोमपाल कामी ३ र करन केसी शुन्यमा अविजित रहे ।
नाट वाट्किन्सले ४ ओभरमा २० रन दिएर ३ विकेट लिए ।
लगातार खराव प्रदर्शन गर्दै आएको नेपाल शुक्रबार पपुवा न्युगिनीसँग ८ विकेटले पराजित भएपछि टी(२० विश्वकप खेल्ने सम्भावना गणितीय सम्भावना मात्र बाँकी छ ।
विश्वकप छनोटका लागि प्ले अफ खेल्न कम्तिमा नेपाल समूहको

ShareShare on Google+0Tweet about this on Twitter0Share on Facebook0
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment