नेपालमा अनअराइभल भिसा बन्द

काठमाडौं । नेपालमा कोरोनाको संक्रमण रोक्न सरकारले संक्रमण फैलिएका देशको अनअराइभल भिसा तत्कालका लागि बन्द गर्ने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बिहीबार बसेको बैठकले सङ्क्रमण फैलिएका थप देशको अनअराइभल भिसा वैशाख १८ गतेसम्म रोक्ने निर्णय गरेको हो ।

चीनबाट फैलिएर युरोपियन र केही मध्यपूर्वका देशमा समेत कोभिड–१९को सङ्क्रमण बढेकाले थप देशको भिसा रोक्ने निर्णय भएको हो । हवाई उडानमा भने कटौती गरिएको छैन ।

यसअघि सरकारले चीन, इरान, इटाली, फ्रान्स जर्मनी, स्पेन, दक्षिण कोरिया र जापानको अन अराइभल भिसामा रोक लगाएको थियो ।

भारतले आफ्नो देशको नाकामा नियमन गर्दै खास नाकाबाट आवागमन खोल्ने निर्णय गरेकाले नेपालतर्फबाट पनि त्यही नाका प्रयोग गरिने भएको छ ।

त्यसको आवश्यक प्रक्रिया मिलाउन गृह र परराष्ट्र मन्त्रालयलाई जिम्मा दिइएको छ ।

पूर्वतयारी स्वरुप मेडिकल कलेजका स्वास्थ्यकर्मी, रेडक्रस, स्काउट तथा मेडिकल क्षेत्रका सामाजिक संस्थाका प्रतिनिधिलाई स्वयंसेवकको रुपमा परिचान गर्ने गरी तयारी अवस्थामा राख्ने निर्णय पनि बैठकले गरेको छ ।

यसैगरी सार्वजनिक समारोह, भेला कम गर्ने र सामाजिक रुपमा विवाह भोजहरु कम गरी आफैँ पनि सतर्कता अपनाउन सार्वजनिक अपिल गर्ने निर्णय सरकारले गरेको छ ।

ShareShare on Google+0Tweet about this on Twitter0Share on Facebook0
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment