नेपाली क्रिकेट टोलीलाई श्रीलंकन टोलीका पूर्वप्रशिक्षक डेभ ह्वाटमोरले प्रशिक्षण दिने

काठमाडौं, माघ ११ - नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई श्रीलंकन राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक डेभ ह्वाटमोरले प्रशिक्षण दिने भएका छन् ।  आइसीसी विश्व क्रिकेट लिगअन्तर्गत् केन्याविरुद्ध हुने खेलका लागि नेपाली टोलीलाई प्रशिक्षण दिन श्रीलंकन नागरिक ह्वाटमोर नेपाल आएका हुन् ।

श्रीलंकालाई एक दिवसीय विश्वकप क्रिकेटको उपाधि दिलाएका ह्वाटमोरलाई ‘ब्याट एन्ड बल फाउन्डेसन’ले केन्याविरुद्धको खेलका लागि नेपाल ल्याएको हो ।

सोमबार राजधानीमा विशेष कार्यक्रमको आयोजना गर्दै फाउन्डेसनले ह्वाटमोरलाई नेपालमा स्वागत् गरेको छ ।

कार्यक्रममा ब्याट एन्ड बल फाउन्डेसनको औपचारिक उद्घाटनसमेत गरिएको थियो ।

यसअघि पाकिस्तान, बंगलादेश, जिम्बाबे तथा इन्डियन प्रिमियर लिग (आइपीएल)को टोली कोलकाता नाइट राइडर्सलाईसमेत प्रशिक्षण दिइसकेका ह्वाटरमोरलाई विश्व क्रिकेट जगतको उत्कृष्ट प्रशिक्षक मध्येका एक मानिन्छ ।

अष्ट्रेलियाको राष्ट्रिय क्रिकेट टोलीबाट अन्तर्राष्ट्रिय खेलसमेत खेलेका ह्वाटमोरले नेपाली टोलीकोबारेमा त्यति धेरै जानकारी नभएपनि अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको बलियो सम्भावनाकोबारेमा आफू जानकार रहेको भन्दै नेपाली टोलीसँग जोडिन पाउँदा आफू निकै उत्साहित रहेको बताए ।

यस्तै, नेपाली टोलीका कप्तान पारस खड्काले ह्वाटमोरजस्तो विश्वस्तरीय प्रशिक्षकसँग नेपाली खेलाडीले प्रशिक्षण गर्न पाउनु निकै ठूलो कुरा भएको बताए ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत् केन्याविरुद्ध नेपालले आगामी फागुन २८ र ३० गते दुईओटा एकदिवसीय खेल खेल्नेछ ।

ShareShare on Google+0Tweet about this on Twitter0Share on Facebook0
Recommend to friends
  • gplus
  • pinterest

Comments

  1. Stevmole
    December 3, 2019 at 5:59 am

    Cialis Schwul cialis price Forum Viagra En Ligne Achat Viagra Pfizer France Viagra Vente Qubec

  2. Kelartede
    January 16, 2020 at 2:21 am

    Is Keflex A Type Of Penicillin Pamelor Cialis Isotretinoin Order Now Free Consultation Hydrochlorothiazide Aldoril Secure Medicine

  3. Matbype
    January 16, 2020 at 2:33 am

    Nuova Propecia Finasteride Amoxicillin Effects Purchase Viagra In India Buy Cialis Viagra Dove Si Acquista

Leave a comment