भूकम्पले आर्थिक वृद्धिदर घट्यो०

काठमाडौं: चालू आर्थिक वर्षमा नेपालीको मासिक आम्दानी ३ सय ७३ रुपैयाँ मात्रै बढेको छ ।
आइतबार सार्वजनिक आर्थिक सर्वेक्षणअनुसार प्रतिव्यक्ति वार्षिक आम्दानी ७१ हजार ५ सयबाट ७६ हजार अर्थात ७ सय ७२ डलर पुगेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
भूकम्पका कारण देशको आर्थिक वृद्धिदर तीन प्रतिशतमा सीमित भएको छ। व्यवस्थापिका संसद्मा आइतबार आर्थिक वर्ष २०७१-०७२ को आर्थिक सर्वेक्षण पेस गर्दै अर्थमन्त्री डा. रामशरण महतले भूकम्पका कारण लक्ष्यअनुसारको आर्थिक वृद्धिदर हासिल गर्न नसकिएको जानकारी दिए।

‘मौसमी प्रतिकूलता र भूकम्पका कारण गैरकृषि क्षेत्रका गतिविधिमा आएको शिथिलताका कारण आर्थिक वृद्धिदरमा असर परेको हो’, अर्थमन्त्री महतले भने।

सरकारले बजेट ल्याउँदा ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखे पनि त्यसलाई संशोधन गरेर पाँच प्रतिशत हासिल हुने अनुमान गरिएको थियो।

यसअघि आर्थिक वर्ष २०६२÷०६३ मा २.८ प्रतिशत आर्थिक वृद्धिदर हासिल भएको थियो। यस वर्ष त्यसयताकै न्यून आर्थिक वृद्धिदर हो।

ShareShare on Google+0Tweet about this on Twitter0Share on Facebook0
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment