काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार ६ वटा विधेयक प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीले मंगलबार संविधानको धारा ११३ को उपधारा २ बमोजिम विधेयक प्रमाणीकरण गरेकी हुन् । राष्ट्रपति कार्यालयका अनुसार संसदको दुवै सदनबाट पारित भइ प्रमाणीकरणका लागि पेश गरिएका ६ विधेयक संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपति भण्डारीबाट प्रमाणीकरण भएको हो ।

प्रमाणीकरण हुने विधेयकहरुमा प्रहरी समायोजन विधेयक, नेपाल प्रहरी, प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक, भूमिसम्बन्धी (आठौं संशोधन) विधेयक, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, औद्योगिक व्यवसाय विधेयक र राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) विधेयक रहेका छन् ।

ShareShare on Google+0Tweet about this on Twitter0Share on Facebook0
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment