विप्लव समूहका जिल्ला सदस्य सुमित परियार पक्राउ

भोजपुरमा नेत्र विक्रम चन्द (विप्लव) समूहका जिल्ला सदस्य पक्राउ परेका छन् । भोजपुरको टेम्केमैयुङ गाउँपालिका-१ का ३३ वर्षीय सुमित परियार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

बुधबार राति हातहतियारसहित पक्राउ गरिएको भएपनि आज मात्र प्रहरीले सार्वजनिक गरेको हो । परियारको साथबाट बम बनाउन प्रयोग गरिने डिटोनेटर दुई थान, थ्रीनट थ्री राइफलको गोली तीन थान, नेपाल टेलिकमको पाँच थान सिमकार्ड र एनसेलको एक थान सिमकार्ड बरामद गरिएको हो ।

साथै परियारको साथबाट चन्दा अशुली गरेको रसिद र पार्टीका केही दस्तावेज समेत बरामद भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताएका छन् ।

ShareShare on Google+0Tweet about this on Twitter0Share on Facebook0
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment