२३५ ‘आइसीयु’ र एक हजार ‘आइसोलेसन वार्ड’ थपिने

काठमाडौं । ‘नोभेल कोरोना’ रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले प्रदेश र केन्द्रमा २३५ ओटा ‘आइसीयु बेड’ बनाउने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तै, उपत्यकामा एक हजारओटा ‘आइसोलेसन वार्ड’ बनाउने, आन्तरिक उडानमा पनि कडाइ र चेकजाँच गर्ने निर्णय भएको छ ।

कोरोना संक्रमितको उपचार गर्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई तलबमा २५ देखि ७५ प्रतिशतसम्म भत्ता र जीवन बिमा गर्न सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरिएको छ ।

ShareShare on Google+0Tweet about this on Twitter0Share on Facebook0
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment