डेढ दशकमा वीरगञ्ज सुख्खा बन्दरगाहको ठेक्का रकम ४ गुणा बढेको छ ।

सन् २००४ मा ५३ करोड रुपैयाँमा लागेको बन्दरगाह व्यवस्थापनको ठेक्का रकम आगामी ५ वर्षका लागि कम्तीमा २ अर्ब ४० लाख रुपैयाँ राखेर आह्वान गरिएको छ । ठेक्काका लागि पाँचओटा भारतीय कम्पनीले दिएको प्रस्ताव आवेदन अध्ययन भइरहेको छ ।

यस पटक भारतीय रेलवेको भगिनी संस्था भारतीय कन्केटर निगम लिमिटेड (कोन्कर)ले पनि प्रतिस्पर्धा गरेको छ । अहिले यो बनदरगाह कोन्करको ४० प्रतिशत साझेदारी रहेको हिमालयन टर्मिनलले सञ्चालन गरिरहेको छ । यो कम्पनीले सन् २००४ देखि बन्दरगाह सञ्चालन गर्दै आएको छ । यो समाचार आजको आर्थिक अभियानमा छ ।

ShareShare on Google+0Tweet about this on Twitter0Share on Facebook0
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment